अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति सी र साउदी अरेबियाका राजकुमारबीच टेलिफोन वार्ता

७ बैसाख, काठमाडौं । चीन र साउदी अरबबीच जलवायु परिवर्तन र क्षेत्रीय सुरक्षा प्रत्याभूत गरी अघि बढ्ने बिषयमा मङ्गलबार सहमति भएको छ ।

चीनका राष्ट्रपति सी चिन फिङ र साउदी अरबका राजकुमार मोहमद बिन सालमानबीच भएको टेलिफोन वार्तामा उक्त सहमति भएको हो ।

चीनले साउदी अरबसँग मिलेर ऊर्जा स्रोत, अर्थतन्त्र तथा व्यापार, उच्च प्रविधिआदि क्षेत्रहरूको सहयोग बनोट खडा गर्ने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा समन्वयलाई सबल पार्ने, चीन र साउदी अरबको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई थप बिस्तार गर्ने विश्वास लिएको चिनियाँ राष्ट्रपति सीले बताए ।

राजकुमार मोहमदले साउदी अरबले चीनसँग जनवायु परिवर्तनको सामना र वातावरणीय संरक्षण क्षेत्रमा रणनीतिक सहयोग बढाउने आशा लिएको कुरामा जोड दिएको चिनियाँ राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।