कर्णाली प्रदेश

साेमबार राति कोहलपुरमा २ संक्रमितको मृत्यु, बाँकेमा मृतक संख्या ६३ पुग्याे

बाँके । कोहलपुर नगरपालिकामा सोमाबार साँझ कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार दुवै जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा कोहलपुर–२ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर–२ कै ७७ वर्षीय वृद्ध रहेका छन् । महिलाको सोमबार दिउँसो ३ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको हो। उनी स्वास्थ्य समस्या आएपछि सोमबार बिहान मात्र अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।

मृतक वृद्धलाई पनि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सोमबार बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।