अन्तर्राष्ट्रिय

१८ वर्ष माथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइने

एजेन्सी । भारत सरकारले १८ वर्षमाथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । मे महिनाको एक तारिखदेखि भारतले १८ वर्ष उमेर कटेका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने भएको हो ।

सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको एक बैठकले एक मेदेखि १८ वर्ष उमेर कटेका हरेक व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको हो ।

यसअघि भारतमा ४५ वर्षभन्दा बढी उमेरकालाई मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

एक मेदेखि भारतमा कोरोनाविरुद्धको खोप अभियानको तेस्रो चरण शुरु हुने छ । यो चरणमा खोप लगाउने कार्यलाई तीव्रता दिने र त्यसको दायरा पनि बढाउने निर्णय सरकारले गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।