स्वास्थ्य

कोरोनाविरुद्धको दोस्रो डोजको खोप आजदेखि शुरू, यस्तो छ तालिका

काठमाडौं । नेपालमा आजदेखि कोरोना भाइरस विरुद्धको दोस्रो डोजको खोप लगाउन शुरु गरिँदैछ । सरकारले पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोजको खोप दिन लागेको हो ।

पहिलो चरणमा चार लाख २९ हजार सात सय पाँच जनाले खोप लगाएका थिए । सेवाग्राहीले पहिले लगाएकै खोप केन्द्रबाट आजदेखि देखि खोप लिन पाउनेछन् । खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने छ ।

खोप लगाउने काठमाडौं उपत्यकाका तोकिएका अस्पतालहरु :
वीर अस्पताल, प्रसूति अस्पताल थापाली, शुक्रराज अस्पताल टेकु, सिभिल अस्पताल मिनभवन, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, हिमाल अस्पताल ज्ञानेश्वर, ह्याम्स अस्पताल धुम्बाराही, त्रिवि शिक्षण अस्पताल अस्पताल महाराजगञ्ज, स्तुपा अस्पताल बौद्ध नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल त्यसैगरी गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी, ओम अस्पताल चाबहिल, जनमैत्री अस्पताल बालाजु, मदरल्याण्ड अस्पताल जडिबुटी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र नेपाल प्रहरी अस्पताल पानीपोखरी गरी काठामाडौं उपत्यकामा खोप लगाउने १९ अस्पताल तोकिएको छ ।

खोप लगाउने पालो :

माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाहरूको वैशाख ७ गते
माघ १८, १९, २०, २१ र २७ गते लगाउनेकाे वैशाख ८ गते
माघ २२, २३, २४, २८ र फागुन २ गते खाेप लगाउनेकाे वैशाख ९ गते
माघ २९, फागुन ३, ४, ५ र ६ गते लगाएकालाइ वैशाख १० गते
माघ ३०, फागुन ७, ८, ९ र १० गते पहिलाे डाेज लगाएकाकाे पालाे वैशाख ११ गते