अन्तर्राष्ट्रिय

पछिल्लो २४ घण्टामा भारतमा १७५७ को मृत्यु, दुई लाख ५६ हजार संक्रमित

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १७ सय बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा यहाँ एक हजार सात सय ५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या मंगलबार बिहानसम्ममा एक लाख ८० हजार पाँच सय ५० पुगेको छ ।

गत २४ घण्टामा यहाँ दुई लाख ५६ हजार नौ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार बिहानसम्ममा यहाँ कोरोना संक्रमितको कुल संख्या एक करोड ५३ लाख १४ हजार सात सय १४ पुगेको छ ।

संक्रमितमध्ये एक करोड ३१ लाख तीन हजार बढी कोरोनामुक्त भइसकेका छन् । मंगलबार बिहानसम्ममा भारतमा सक्रिय संक्रमितको संख्या दुई लाख ३० हजार बढी रहेका छन् ।