गण्डकी प्रदेश

सडकबाट खसेकाे जीप सालको रुखमा अड्कीयो, ७ जना घाइते

पाल्पा । निस्दी गाउँपालिका–४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा सात जना घाइते भएका छन् । मित्याल रामपुर सडक खण्ड अन्तर्गत खादारबाट रामपुरतर्फ जाँदै गरेको ग १ ज ५७११ नं. को जीप दुर्घटना भएको हो ।

जीप सडकबाट करिब पाँच सय मिटर तल खसेर सालको रुखमा अड्किएकाले ठूलो मानविय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

घाइते सात जनामध्ये निस्दी गाउँपालिका–४ का ७० वर्षीय चुरा बहादुर सुनारी र ६४ वर्षीय फत्त सिंह ठाडाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको रामपुर अस्पतालमा उपचार भइरहेको छ । ९ जना सवार रहेको उक्त जीप र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।