आर्थिक

प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष सिटौलाद्वारा पदभार ग्रहण

६ बैसाख, काठमाडौं । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथागोपनीयताको शपथ ग्रहण गर्नुभई आजै बैंकको सञ्चालक समितिको २०९ औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् । बैंकको स्वतन्त्र सञ्चालकका रुपमानियुक्त भएका उनलाई यही बैसाख गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका अध्यक्षले नेपालको बैंकिङ्ग क्षेत्रमालामो कार्यानुभव संहालेका छन् । अध्यक्षज्यू नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवाअवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवानिवृत्त भई कृषि विकास बैंकमा ४ वर्ष प्रमुखकार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी वहन गरेका थिए । उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवाप्रवाहगरिरहेको कृषिबिकास बैंकलाई डिजिटल प्रविधिमा लैजानउहाँको विशेष योगदान रहेको थियो । उक्तअवधिमा उनले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रहीकाम गरेका थिए । अध्यक्षज्यूले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरिसकेका छन् ।

नेपालको बैंकिङ्ग क्षेत्रमालामो समयसम्मकार्यरत रहेर बैंकिङ्गजगतकाविविध क्षेत्रमा अनुभव हासिल गरेका अध्यक्षको नेतृत्व प्राप्तगर्नु प्रभु बैंक, शेयरधनी, ग्राहकतथा सरोकार राख्ने सबैको लागि गौरवको विषय भएको बैंकले जनाएको छ। अध्यक्षको सबल नेतृत्वबाट प्रभु बैंकलाई आगामी दिनमाब्यापार व्यवासाय अभिबृद्धिका अतिरिक्त अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवाविस्तारमा थपहौसला मिल्ने बैंकले विश्वास लिएको छ ।