राजनीति

कम्युनिष्टहरु राष्ट्रबादी होईनन् उनीहरु अवशरबादी हुन्ः सभापति देउवा

६ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा लोकतन्त्र ल्याउन बिद्यार्थीको महत्वपूर्ण भूमिका भएको बताएका छन् । उनले नेविसंघको ५२ औं स्थापना दिवशका अवशरमा आयोजीत काठमाडौंको बालमिकी क्याम्पसमा आयोजीत कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै कोरोनाले देशलाई धेरै अप्ठ्यारो पारेको बताए ।
पुर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले काँग्रेसमा भएका भागबण्डाका कारण आफुलाई धेरै अप्ठ्यारो परेको बताए । उनले ओली सरकारले सम्पूर्ण राजनीतिक हत्कण्डाहरु अपनाएको भन्दै काँग्रेसले ओलीलाई हटाउन चाहेको बताए । उनले देशको बारेमा अहिले केही भन्न सकिने अवस्था नभएको भन्दै माओबादी र एमालेको सरकार बहुमतको सरकार भएपनि पार्टीभित्र बिभिन्न कुराह भईरहेका बताए ।
सभापति देउवाले हिजोसम्म राष्ट्रबादी ओली भएपनि उनी (कम्युनिष्टहरु)हरु राष्ट्रबादी भन्दा अवशरबादी भएको बताए । उनले राजनीति भनेको सम्भावनाको अवशर भएको भन्दै नेपाली काँग्रेसका सम्पूर्ण भातृसंगठनले बुद्धि पुर्याएर काम गर्नुपर्ने समय आएको बताए । सभापति देउवाले पार्टीका नेता कार्यकर्तालाई आफू कोभिडबाट बचेर जनताको सेवामा लाग्न आग्रह गर्दै दिल्लीमा बढेको कोभिडलाई मध्यनजर गर्दै नेपालीले ध्त्तयान दिनुपर्ने बताए ।
देशमा प्रजातान्त्रीक परिपाटी फस्टाउने कार्यमा सबै लाग्नुपर्ने भन्दै कोभिडबाट बच्न सबै बिद्यार्थीलाई आग्रह गर्दै सबैलाई नयाँ बर्ष २०७८ को शुभकामनासमेत दिएका छन् ।