राजनीति

देशभरका कुना-कुनाका स्कुल/कलेजमा बिद्यार्थीलाई नेविसंघको सदस्यता दिन डा महतको निर्देशन

६ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाश सरण महतले पछिल्ला दिनमा नेपाल बिद्यार्थी संघले खेल्नुपर्ने भूमिका प्रभाबकारी नभएके बताएका छन् । उनले नेविसंघको ५२ औं स्थापना दिवशका अवशरमा काठमाडौंको बालमिकी क्याम्पसमा आयोजीत कार्यक्रममा बोल्दै कोभिडका समस्याका कारण पनि नेविसंघले प्रभावकारी भूमिका खेल्न नसेको हुनसक्ने बताए ।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारका कारण देश ठप्प भएको भन्दै त्यसका लागि काँग्रेसले पहल गर्ने बताए । नेविसंघको पदावधी पुरा भएपछि ६ महिनाभित्र अधिवेशन गराउनुपर्ने नियम बनाईए पनि पार्टीका भागवण्डाका कारणले नेविसंघको समयमै अधिवेशन हुन नसकेको टिप्पणी गरेका छन् ।
नेता डा महतले ठूलो सख्यामा बिद्यार्थी नेताहरु अवशर नपाएर काम गर्न नपाएको आफूलाई थाहा भएको भन्दै २ ३ सयको संख्यामा भएपनि नेविसंघमा समेट्नुपर्ने बेला आएको बताए । उनले अहिले केही बिद्यार्थी भएपनि समेटिए पछि बिस्तारै अधिवेशन गर्दा फरक नपर्ने बताए ।
नेता डा महतले बिद्यार्थीलाई स्कुल र कलेजहरुमा स्कुल र कलेजहरुमा सदस्यता अभियान चलाउन निर्देशन दिँदै सदस्य बनाउने कार्य देशैभरीका हरेक स्कुलमा नेविसंघमा जोड्न आग्रह गरे । उनले उनीहरुलाई नेविसंघमा जोडेमा आगामी निर्बाचनमा काँग्रेस विजयी हुन महत्वपूर्ण भूमिका हुने दाबी गरे ।
नेता डा महतले नेविसंघको देशमा लोकतन्त्र ल्याउन महत्वपूर्ण भूमिका भएको स्मरण गर्दै नेविसंघले काँग्रेसको ब्याकबोन भएर काम गर्नुपर्ने बताए ।