राजनीति

स्वतन्त्रतामाथी बन्देश लगाउने ओलीको प्रयास काँग्रेसले असफल गराउँछः नेता सिंह

६ बैसाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बर्तमान सरकारले हटाथमा संसद स्थगित गरेर संसदको मानमर्दन गरेको भन्दै कायरता प्रदर्शन गरेको बताएका छन् । संसद फेस गर्न नसकेर पटक–पटक संसद माथि प्रहार गरेको प्रति कडा आपति ब्यक्त गरेका छन् । अलोकतान्त्रिक कदम उठाउने सरकारले फेरिपनि संसदीय ब्यवसथा माथि अर्को प्रहार गरेको उनको भनाई रहेकोछ एक पछि अर्को अलोकतान्त्रिक चरित्र सरकारले देखाउदै आएको प्रति कडा आपत्ति ब्यक्त गरेका छन् ।
नेता सिँहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रता माथी अङ्कुश लगाउने प्रयास समेत जारि राखेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौ शाखाले सोमबार काठमाडौंमा आयोजन गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रता माथी अङ्कुश लगाउने प्रयास गरिरहेको र हामी सबै मिलेर त्यसको प्रतिवाद गर्नु पर्ने बताएका हुन् । उनले स्वतन्त्रता हनन गर्ने कुनै पनि प्रयासलाई आँक्रेसले असफल बनाउने नेता सिंहको दाबी छ ।
नवनिर्बाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै नेता सिंहले भने ‘आली सरकारले प्रेस स्वतन्त्रता माथी अङ्कुश लगाउने प्रयास गरिरहेको छ । काँग्रेससहित सबै मिलेर प्रतिवाद गर्नुपर्छ ।’
साथै उनले पत्रकारहरुले बास्तबिक, निष्पक्ष ढङ्गले कलम चलाई देश र जनाताको पक्षमा काम गर्नु पर्ने भन्दै सधै कसैको डर धम्कीसँग नडराई निष्पक्ष ढङ्गले पत्रकारिता गर्न आग्रह गरे । समाज परिवर्तन र समाजमा रहेका बिकृति, बिसङ्गतिहरु हटाउनको लागी पत्रकारको भुमिका महत्वपुर्ण हुने उनको भनाई छ ।
फरक प्रसङ्गमा नेता सिंहले कोरोना नियन्त्रणमा सरकार उदसिन भएको बताए । ‘ ओली सरकारले राजनैतिक, र नैतिकदृष्टिकोण बाट सरकारमा रहिरहेन बैधानिकता गुमाई सकेको छ । यो सरकार देश र जनताको पक्षमा काम गर्न सकेन ।’उनले भने ‘यो सरकारले बिकास निमार्णका कार्य केहि नगर्ने तर जनतामा बिकास भएको भ्रम सिर्जना गरिरहेकोे छ । बिकास भन्दा पनि सरकार भ्रमको खेती सिर्जना गर्न लागी परेको छ ।’
साथै नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली काग्रेसको नेतृत्वमा सरकार भन्नु पर्ने बताए । ‘संबिधान मिच्न अनि सरकारमा बसिरहने यो सरकारसँग नैतिकता अलिकति पनि छैन । नैतिकता गुमाएका व्यक्तिलाई प्रधानमन्त्री मानिरहन सकिन ।’ नेपाल प्रेश युनियन काठमाडौ शाखाले भरखरै निर्बाचित नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आयोजना गरिएको कार्यक्रममा नेता सिहले निरवाचितसबैलाई बधाई दिदै सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष बिपुल पोखरेलले सरकारका प्रेस बिरोधि कदम बिरुद कडा रुपमा प्रस्तुत हुने बताएका छन् । कार्यक्रममा पुर्ब अर्थ राज्यमन्त्री उदय समशेर राणा, काठमाडौ महानगरपालिकाका उपमेयर हरि प्रभा खड्गी लगायतले आफ्नो धार्णा राखेको काठमाडौ प्रेस युनियनका अध्यक्ष जगन्नाथ दुलालले जानकारी दिएका छन् ।