आर्थिक

गुरुङको राजीनामा स्वीकृत गर्दै सिभिललले गर्यो कामु सिईओमा पोख्रेलको नियुक्ती

६ बैसाख, काठमाडौं । सिभिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोख्रेल नियुक्त भएका छन् । बैसाख ५ गते बसेको बैंकको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको राजीनामा स्वीकृत गर्दै नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोख्रेललाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
हिामालयन बैक, मेगा बैंक, ग्लोबल आईएमई बैंकलगायतमा दुई दशक भन्दा बढी काम गरेको अनुभव भएका गुरुङभन्दा अगाडी सिभिल बैंकको प्रमुख कार्यकरी अधिकृत किशोर महर्जन थिए ।