शिक्षा

वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले देशका प्रमुख शहरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रमुख शहरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।

नयाँ भेरियन्टको काेराेना महामारी नियन्त्रणका लागि सीसीएमसीको सिफारिस अनुसार विद्यालय बन्द गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

कोरोना भाइरसको संक्रमण बालबालिका तथा किशोरकिशोरीमा बढ्दो गतिमा फैलिरहेको छ । विद्यालयहरुमा बालबालिकाहरु बढी मात्रामा संक्रमित भएको पाइएको छ । बालबालिकामा संक्रमण बढेसँगै सरकारले शहरी क्षेत्रका विद्यालय वैशाख भरका लागि बन्द गर्ने निर्णय गरेको हो ।