बाग्मती

आफ्नै रेष्टुराँमा काम गर्ने ३ महिलालाई जबरजस्ती यौनधन्दामा लगाउने पुरुष पक्राउ

चितवन । आफ्नै रेष्टुराँमा काम गर्ने ३ महिलालाई जबरजस्ती यौनधन्दामा लगाउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन महिलालाई उनीहरुको इच्छाविपरीत दबाब दिँदै वेश्यावृत्तिमा संलग्न गराएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।

गौतमलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट सात दिनको समय थप गरी अनुसनधान शुरु गरिएको भट्टले जानकारी दिए ।