पु.समाचार

बजेट तयारीका लागि हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गरिएको बताइएको छ । हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन शुरु हुनेछ ।

सरकारको हिउँदे अधिवेशन फागुन २३ देखि शुरु भएको थियो ।