खेलकुद

त्रिकोणात्मक टी–२० : आज नेपाल र मलेसिया भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसिया भिड्दै छन् । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल आज दिउँसो १:१५ बजे शुरू हुनेछ ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा लगातार जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ । नेदरल्यान्ड्ससँग आइतबार भएको खेलमा १५ रनले पराजित भएको मलेसियाको लक्ष्य नेपाललाई पराजित गर्नु रहने छ ।