स्वास्थ्य

आज र भोली राष्ट्रिय भिटामिन ए कार्यक्रम, बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र भोली राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ। सरकारले चालु आर्थिक वर्षको दोस्रो चरणमा सम्पन्न गर्नुपर्ने राष्ट्रिय भिटामिन ए कार्यक्रम आज र भोली सञ्चालन गर्न लागेको हो।

यस अभियान अन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइनेछ । ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने छ। त्यसैगरी ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण गरिने छ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना गरी कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह छ।