राजनीति

आधिकारिकता दाबी गर्दै खनाल–नेपाल समूहले निर्वाचन आयोगमा बुझायाे निवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालको समूह आधिकारिकता दाबी गर्दै फेरि निर्वाचन आयोग पुगेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनयनलगायत सबै निर्णय अवैधानिक भएको भन्दै खनाल–नेपाल समूहले आधिकारिकता छिनोफानो गरिदिन आयोगलाई निवेदन दिएको हो ।

ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन आइतबार खनाल–नेपाल समूह आयोग पुगेको हो ।

निर्वाचन आयोगलाई सम्बोधन गर्दै पठाइएको दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीको निर्णयको आधिकारिकतासम्बन्धी निवेदनमा पार्टीमा गम्भीर विवाद सिर्जना भएको उल्लेख गर्दै यसमा निर्णय गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

पूर्णपाठ :

[googleapps domain=”drive” dir=”file/d/1tZ4q7J_mzhrXMo_-_GiojX6OsOGkrQHy/preview” query=”” width=”640″ height=”480″ /]