अन्तर्राष्ट्रिय

अस्पतालको एउटै ‘बेड’मा कोरोनाका ३ बिरामी

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमण दोस्रो लहर बढिरहेको छ । यति बेला विश्वमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख नाघिसकेको छ ।

भारतमा पनि दैनिक एक हजार भन्दा बढी कोरोनाका बिरामीको मृत्यु हुने गरेको छ । बीचमा केही कम भएजस्तो भएको संक्रमणदर नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।

माथिको तस्बिर सामाजिक सञ्जाल ट्वीटरबाट निकालिएको हो । यो तस्बिर भारतको हो । तस्बिरमा तीन जना मानिस एउटै बेडमा छन् । यो अस्पतालको बेड हो र यहाँ तीन नै जना बिरामी हुन् भन्ने कुरा स्पष्ट देखिन्छ ।

कोरोना भाइरस संक्रमण यसरी बढिरहेको छ कि अब अस्पतालमा बिरामी राख्ने ठाउँ पनि छैन । यो कुरा माथिको तस्बिरले पनि पुष्टि गर्छ । अस्पतालमा बेड अभाव भएकै कारण यहाँ एउटै बेडमा तीन जना संक्रमितलाई राखेर उपचार गराउनुपर्ने बाध्याध्मक परिस्थिति सृजना भएको छ ।

यो अवस्था नेपालमा पनि नआउन भन्न सकिँदैन । त्यसैले सबैले आ–आफू सुरक्षित भएर हिँड्न जरुरी छ ।