समाचार

काठमाडौं आउँदै गरेका २ हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

धादिङ । धादिङको गजुरीमा दुई वटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । मौसमका कारण गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो ।

नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण् गरिएको हो । आकस्मिकरूपमा अवतरण गर्ने हेलिकोप्टरमा मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन् ।

काठमाडौँमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको हो ।