राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक आज, यस्ता छन् एजेण्डा

६ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाका बारेमा छलफल हुने बताइएको छ ।

आजको बैठकबाट माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताइएको छ।