राजनीति

सबै जातजातिको सम्मान मुलुक निर्माणका लागि मुल आधारः नेता गुरुङ

५ बैसाख, सुनसरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले काँग्रेस नेतृत्वको सरकारले मात्र देशको काँचुली फेर्नसक्ने बताएका छन् । नेता गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार जग्गालाई आफ्नो नाममा पार्ने, सुन काण्डका नाईके, वाईडबडी, ७० करोड भ्रष्टाचार काण्डलगायतलाई संरक्षण दिएको भन्दै काँग्रेसले अब भ्रष्टाचार बिरोधी अभियान चलाउन ढिला गर्न नहुने बताएका छन् ।
नेपाल आदिवासीजनजाति संघ सुनसरी द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गुरुङले भने, ‘सबै जातजातिको सहकार्य, सम्मान र एकता मुलुक निर्माणका लागि मुल आधार हो।’