सामाजिक सञ्जाल

अध्यक्ष थापा कम्युनिष्टलाई भन्छन्ः मन्दिरप्रति कृतिमले होईन हिन्दुराष्ट्र स्थापना गर्ने साहस देखाउनुस्

५ बैसाख, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले कम्युनिष्ट/मार्क्सवादीहरूलाई मठमन्दिरप्रतिको कृत्रिम/चुनावी मोह होईन हिन्दुराष्ट्र पुनस्थापनागर्ने साहस देखाउन आग्रह गरेका छन् ।
उनले ट्वीट गर्दै हिन्दुराष्ट्रको पहिचान समाप्तपारी धर्मपरिवर्तनको बिदेशी एजेण्डा कार्यान्वयनगर्ने, धर्मलाई अफिम ठान्ने, ईश्वरको अस्तित्व अस्विकार गर्ने, संस्कृति परम्परा मास्ने विचार बोकेको आरोप लगाउँदै व्यवहारमा नै उतार्न आग्रह गरेका हुन् ।
पछिल्लो समय नेकप एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा राम मन्दीरको बारेमा ल्याएको तर्क र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले खोज अनुसंधान गर्न भनेको कुरालाई समेत संकेत गरेको बुझ्न सकिन्छ ।
हिन्दू धर्मका बारेमा कम्युनिष्ट नेताहरुले बोले पनि व्यवहारमा धर्मको बिरोधी भनेर चिनिने कम्युनिष्टलाई अध्यक्ष थापाले प्रहार गरेका छन् ।
अध्यक्ष थापाको ट्वीटः हिन्दुराष्ट्रको पहिचान समाप्तपारी धर्मपरिवर्तनको बिदेशी एजेण्डा कार्यान्वयन गर्ने, धर्मलाई अफिम ठान्ने, ईश्वरको अस्तित्व अस्विकार गर्ने, संस्कृति परम्परा मास्ने कम्युनिष्ट/मार्क्सवादीहरूलाई मठमन्दिरप्रतिको कृत्रिमरचुनावी मोह होईन हिन्दुराष्ट्र पुन:स्थापनागर्ने साहस देखाउन आग्रह गर्दछु