पु.समाचार

कोरोना संक्रमीत नेपालमा ह्वात्तै बढे, आजमात्र नाघे हजार जना संक्रमीत

५ बैसाख, काठमाडौं । पछिल्लो २४ घण्टामा हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टी भएको छ । केहीदिन अगाडीदेखी बढेको संक्रमण संख्या आज आएर हजार भन्दा बढी भएको नेपाल सरकार स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।यसै समयमा कोरोना संक्रमणका कारण थप ४ जनाको निधन भएको छ ।
आज ५०८४ जनाको कोरोना परीक्षण गर्दा १०१५ जनामा र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना कोरोना संक्रमित पुष्टी भएका छन् ।
आज संक्रमित हुनेहरुमध्ये ३२६ जना काठमाडौं जिल्लामा भेटिएका छन् भने भक्तपुरमा २६ जना र ललितपुरमा ६४ जना थपीएका छन् । भारतमा कोरोना संक्रमीतको संख्या बढेका बेला नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ ।