पु.समाचार

माओवादी छाडेका थापाको सांसद पद खारेज, गृहमन्त्रीबाट पदमुक्त

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको सांसद पद खारेज भएको छ । राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो ।

माओवादीका संसदीय दलका नेता दीनानाथ शर्माले लिखित पत्र पेश गरेको सूचना प्राप्त भएपछि थापाको पद रिक्त भएको संघीय संसदले जनाएको छ ।

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले थापालाई कारबाही गरेको थियो । माओवादीले थापालाई कारबाही गरेको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले उनको पद खारेज भएको सुचना निकालेको हो ।

संविधानअनुसार सांसद नरहेपछि मन्त्री पद पनि स्वतः खारेज हुन्छ ।