बाग्मती

बागमती प्रदेशमा पनि सर्वदलीय बैठक बोलाइयो, यस्ता छन् एजेण्डा

काठमाडौं । बागमती प्रदेशमा पनि सर्वदलीय बैठक बोलाइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार ललितपुरमा बस्ने गरी बैठक बोलाएका हुन्।

बैठक प्रदेश सुशासन केन्द्रको भवन जावलाखेलमा सोमबार बिहान ८ बजे शुरु हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठकमा प्रदेशसभाको अधिवेशन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल हुनेछ ।