समाचार

आज केही स्थानमा चट्टयाङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अपराह्नतिर र राति देशको पहाडी भू(भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

हाल पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले चट्टयाङ्ग र हावाहुरीको सम्भावना भएकाले सतर्क रहन पहाडी क्षेत्रका बासिन्दालाई सचेत समेत गराएको छ ।