प्रदेश 1

पाथीभरा दर्शनका लागि लगिएका २ वर्षीय बालकको मृत्यु

ताप्लेजुङ । पाथीभराको दर्शनका लागि लगिएको दुई वर्षीय बालकको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको शनिबार मृत्यु भएको हो ।

पाथीभरा दर्शनका लागि जाने क्रममा फेदीबजार नजिक बाटोमा बालक अचानक बेहोस भएका थिए । उनलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको चिसोका कारण लेक लागेर नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।