सामाजिक सञ्जाल

सर्बदलीय बैठकबारे डा भट्टराईको प्रतिकृयाः नबोलाई त कुकुर पनि अर्काको घरमा जाँदैन

५ बैसाख, काठमाडौं । जनता समाजबादीका अध्यक्ष डा बाबुराम भट्टराईले आफू र आफ्नो दललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठकमा निमन्त्रणा नगरेको बताएका छन् । अध्यक्ष भट्टराईले ट्वीट गर्दै मिडियाबाट सुनिएको कथित सर्बदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन भन्ने प्रतिकृया दिएका छन् । 
डा भट्टराईले जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरी, ल.पु.मा सोध्दा कुनै जानकारी थिएन, पछि मिडियाबाटै सुनियो-MCCबैठक बहिष्कार पो भएछ भन्दै आश्चार्य ब्यक्त गरेका छन् । चेइ नभनी कुकुर पनि कसैको घर जॉदैन भन्दै बोलाउँदै नबोलाई कुकुर पनि कसैको घरमा नजाने बताएका छन् ।
डा भट्टराईको ट्वीटः चेइ नभनी कुकुर पनि कसैको घर जॉदैन रे! मिडियाबाट सुनिएको कथित सर्बदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन। जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरी, ल.पु.मा सोध्दा कुनै जानकारी थिएन, पछि मिडियाबाटै सुनियो-MCCबैठक बहिष्कार पो भएछ!