समाचार

कर्णालीका नवनियुक्त ३ मन्त्रीको सपथ ग्रहण आजै हुने

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीको सपथ ग्रहण आजै हुने भएको छ । शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त गरेका तीन जना मन्त्रीको सपथ ग्रहण आजै हुने भएको हो ।

शनिबार एमालेका नन्दसिंह बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापा भौतिक पूर्वाधार विकास र कुर्मराज शाही उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका थिए । उनीहरुको सपथ ग्रहण आजै गरिने भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

संकटको समयमा आफूलाई साथ दिएको भन्दै शनिबार मुख्यमन्त्री शाहीले उनीहरुलाई समेटेर मन्त्रिमण्डल हेरफेर गरेका थिए । नवनियुक्त तीन मन्त्रीले मुख्यमन्त्री शाहीलाई पार्टीको ह्पि उल्लंघन गरेरै विश्वासको मत दिएका थिए ।