पु.समाचार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको हो ।

पार्टीको १४ औं महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेरबारे छलफल गर्न बैठक बस्न लागेको हो। बैठकमा मुलुकको समसामयिक विषयमा छलफलका साथै पार्टीको क्रियाशील सदस्यता केन्द्रमा बुझाउने मिति र अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूको संगठनमा समायोजनको कार्यतालिका समेत परिवर्तन गर्ने तयारी छ ।

यसअघि चैत्र ३० गते बैठक बस्ने तय गरिएको थियो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएपछि बैठक आाजसम्मका लागि स्थगित गरिएको थियो ।