काठमाडौं । भारतका चर्चित साहित्यकार डा. नरेन्द्र कोहलीको कोरोना संक्रमणबाट निधन भएको छ । हिन्दी भाषाका साहित्यकार कोहलीको शनिबार साँझ दिल्लीको एक अस्पतालमा निधन भएको हो ।
८१ वर्षीय कोहलीलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको पचारकै क्रममा शनिबार निधन भएको हो ।
‘न भूतो न भविष्यति’, ‘अभ्युदय’, ‘संघर्ष कि ओर’, ‘युद्ध, बन्धन’, ‘अधिकार और कर्म’ उनका चर्चित कृतिहरु हुन् ।