बाग्मती

फलामको गलले हानेर देवरले गरे भाउजूको हत्या

काठमाडौं । नयाँ बानेश्वमा देवरले भाउजूको हत्या गरेका छन् । ४८ वर्षीय मोहन राजभण्डारीले शनिबार साँझ भाउजू रोशनी राजभण्डारीको हत्या गरेका हुन्।

मोहनले फलामको गलले हिर्काएर भाउजूको हत्या गरेको प्रहरीले जनाएको छ । उनी हत्यापछि साँझ आफैं महानगरीय प्रहरी परिसरको कार्यालय टेकु पुगेका थिए।

फलामको गलले लागेर घाइते भएकी मोहनकी भाउजू रोशनीलाई उपचारका लागि ट्रमा सेन्टर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

मोहनलाई महानगरीय प्रहरी वृत (नयाँ बानेश्वर) मा राखिएको र उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।