अन्तर्राष्ट्रिय

कोपा डेल रे कपको विजेता बार्सिलोना

काठमाडौं । स्पेनिस कोपा डेल रे कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ ।

शनिबार राति एथ्लेटिक बिल्बाओलाई ४–० गोलले हराउँदै बार्सिलोनाले कोपा डेल रे कपको उपाधि जितेको हो ।

बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई र एन्टोइनी ग्रिजमेन र डीजोङले एक एक गोल गरे । यो बार्सिलोनाको ३१ औँ कोपा उपाधि हो ।