राजनीति

नीति र एजेण्डा नै कांग्रेसको नयाँ नेतृत्व चयनको आधारः नेतृ डा. सङ्ग्रौला

४ वैशाख, गलेश्वर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नीति र एजेण्डाको विषयलाई प्राथमिकता दिँदै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस लोकतान्त्रिक मूल्य मान्यता र संरक्षणमा प्रतिबद्ध रहेको पार्टी भएकाले नीति र एजेण्डामा केन्द्रित रहेर महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताएका हुन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सङ्ग्रौलाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बनाउने गृहकार्य भइरहेको उल्लेख गर्दै नयाँ सरकार बनाउने गृहकार्य कर्णाली प्रदेशबाट शुरु भएको दावी गरे । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा खोप लगाउने कार्यप्रतिसरकार जिम्मेवार बन्न नसकेको आरोप पनि लागाए ।