राजनीति

लोकतन्त्र जोगाउनको लागि कांग्रेसमा अनुशासित नेतृत्व हुन जरुरीः नेता सिंह

४ बैसाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन सुरु भएको र त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला पार्टि कार्यालय स्याङ्जामा शनिवार आयोजीत कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका छन् । अब नेपाल को राजनीति फरक धारबाट बग्छ भन्ने स्पष्ट संकेत रहेको समेत बताएका छन् ।
अहिले बहुमत पाए भन्दैमा ओलीले जथावावी गर्न पाउदैन भन्दै नेता सिंहले ‘ओली सरकारको पतन सुरु भयो । कर्णाली प्रदेशमा त्यसको संकेत देखिएको बताए । अब यो सरकारको आयु धेरै छैन । कांग्रेस कमजोर हुदाँ लोकतन्त्र कमजोर भएको भन्दै संसदीय पद्धति नै अन्त्य गर्न कम्युनिष्ट लागी परेको उनको आरोप छ । असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनाव को बैधानिकता समेत नहुने भन्दै ओलिले सत्ताको आडमा फिजायका जालो चिरेर निस्पकक्ष निर्वाचन को वातावरणको सुनिश्चितता गर्न पर्ने समेत बताएका छन् ।
साथै नेता सिंह १४ औं महाधिबेशनमा समयको माग बमोजिम कांग्रेसको नेतृत्व गर्न सक्ने नेताको आवश्यक रहेको बताए । लोकतन्त्र जोगाउनको लागि कांग्रेसमा अनुशासित नेतृत्व हुन जरुरी छ । अहि पाटि पदाधिकारी हरुलेनै पार्टी निर्णयको बचाउ गर्न नसकेको केन्द्रीय समिति को निर्णय बाहिर गयर अभिब्यकित दिदै हिडेकाले कांग्रेस का बारेमा अनावश्यक टिक्का टिपणि हुने गरेको प्रति चिन्ता ब्यकत गरेका छन्। देश र जनताका लागि कांग्रेसको आगामी महाधिबेशनमा सहि नेतृत्व चयन गर्नु पर्ने समेत उनको भनाई छ ।
नेता सिंहले पार्टि बिधि प्रक्रिया बाट न सञ्चालन हुन नसकेको बताएका छन्।
कसैलाई माया गरेर पार्टीका महत्वपुर्ण पद दिदाँ कांग्रेस कमजोर भएको उनको दाबी छ । कांग्रेसका भविष्य कार्यकर्ताका हातमा रहेको भन्दै १४ औँ महाधिबेशनमा क्षमतावान नेतृत्व चयन गर्न कार्यकर्तालाई अनुरोध समेत गरेका छन् ।