राजनीति

बालुवाटारमा सर्वदलीय बैठक जारी, को को छन् उपस्थित ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक शुरु भएको छ । बिहान ११ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक केही बेरअघि शुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल त्यसैगरी नेपाली कांग्रेसबाट सभापती शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र बालकृष्ण खाँड सहभागी छन्।

त्यसैगरी बैठकमा जसपाका नेताहरु महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण पनि सहभागी छन्। राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवाल पनि बैठकमा सहभागी भएका छन्।

बैठकमा नेकपा माओवादी केन्द्र र एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालको सहभागिता छैन । यस्तै पूर्वप्रधानमन्त्री तथा जसपाका नेता बाबुराम भट्टराई पनि बैठकमा सहभागी छैनन् ।