समाचार

पछिल्ला राजनीतिक गतिरोध अन्त्य प्रयासका लागि प्रधानमन्त्री ओलीले आज बोलाए सर्बदलीय बैठक

४ वैशाख, काठमाण्डौ । संसद अधिवेशन, कोरोना भाईरसको महामारी र समसामायीक राजनीतिक बिषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजेका लागि सर्बदलीय बैकको आह्वान गरेका छन् । पछिल्लो समय पुनः कोरोना माहामारीका कारण संक्रमित बढ्दैगएपछि सरकारले स्कुलहरुलाई सर्तक राख्न ध्यान दिएको छ भने स्कुल बन्द गर्ने वा खोल्ने अधिकार स्थानीय सरकारलाई दिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा एमाले माधव नेपाल पक्ष, माओबादी केन्द्र तथा जसपाका डा बाबुराम भट्टराई र उपेन्द्र यादवले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । राजीनामा मागेपनि संसदमा अबिश्वासको प्रस्ताव दर्ता गरेर जाने प्रकृया भने शुरु हुन सकेको छैन ।
सर्बदलीय बैठक बालुवाटारमा बस्ने र महत्वपूर्ण निर्णय हुने प्रधानमन्त्रीका प्रेश सल्लाहकार सुर्य थापाले पुष्टी गरेका छन् ।