राजनीति

काँग्रेसद्वारा रामपुर घटनाका दोषीलाई अविलम्ब गिरफ्तार गर्न माग

३ बैसाख, काठमाडौं । रामपुर कृषि क्याम्पस चितवनमा आज नेपाल विद्यार्थी संघका बिद्यार्थीहरुमाथि भएको सांघातिक हमलाको नेपाली कांग्रेसले निन्दा र भत्सर्ना गरेको छ ।
काँग्रेसले भनेको छ, ‘शान्तिपूर्ण विचार प्रकट गर्ने र ज्ञानको अनुसन्धान गर्ने चेतनाको केन्द्र शैक्षिक स्थलहरुमा कहिँ पनि कोहिबाट पनि हुने हिंसात्मक बल प्रयोग कहिल्यै पनि क्षम्य हुन्न र हुन सक्दैन । यस्तो प्रवृत्ति देशको जुनसुकै कुनामा आफ्ना निकटबाट होस् या अन्यबाट नेपाली कांग्रेस नितिगत रुपले नै त्यसका विरुद्ध सदैव उभिन्छ । आजको घटनामा घाइते भएका विद्यार्थी नेताहरू दिपेश बानियाँ र खेमराज उपाध्यायको स्थानीय अस्पतालमा उपचार भइ रहेकोे छ । सोनाम लामा र हिमाल आचार्य लगायतका बिद्यार्थीहरु पनि घाइते भएका छन् । तर दोषीलाई पक्राउ गर्ने कार्य अझैसम्म भएको छैन ।’

नेपाली कांग्रेसले घटनाका दोषीहरुलाई अविलम्ब गिरफ्तार गरेर कार्वाही गर्न सरकार समक्ष माग गरेको छ ।