पु.समाचार

पछिल्लो २४ घण्टामा ९०० जनामा कोरोना संक्रमण, संक्रमणले दुईको मृत्यु

३ बैसाख, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
जसमा काठमाडौँ उपत्यकामा ३४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकानुसार काठमाडौँमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ८९० पुगेको छ । त्यस्तै पछिल्लो समय थप २०८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ८१२ रहेको छ । निको हुने दर भने ९७ दशमलव एक प्रतिशत रहेको छ ।
अहिले देशभर पाँच हजार आठ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ६६ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख ३५ हजार ८५ को पीसीआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण चार जनाको मृत्यु पुष्टी भएको छ भने दुई जनाको मृत्यु भएको छ । हालसम्मा तीन हजार ७० ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय भारतमा दुई लाख १७ हजारमा कोरोना संक्रमण पुष्टी भएको अवस्थामा नेपालमा पनि खुल्ला सीमानाका कारण संक्रमण दिनानुदिन बढ्दै गएको छ । केहीदिन अगाडीबाट बढ्दै गएको संक्रमण सँख्या आज ह्वात्तै बढेको देखिएको छ ।