राजनीति

भष्मासुरले अरू सबैलाई सिध्याउॅछ र म मात्रै सुरक्षित रहन्छु भन्ने ठान्छ भने पहिले उसले आफ्नो शीरोच्छेदन गर्नुपर्छः डा भट्टराई

२ बैसाख, काठमाडौं । जनता समाजबादी दलका अध्यक्ष डा बाबुराम भट्टराईले भष्मासुरले अरू सबैलाई सिध्याउॅछ र म मात्रै सुरक्षित रहन्छु भन्ने कसैले ठान्छ भने पहिले उसले आफ्नो शीरोच्छेदन गर्नुपर्छ वा सुतुरमुर्गले झैं बालुवामुनी टाउको लुकाउनुपर्छ भनेका छन् । उनले अनि उसले चुनाव गराउॅछ र आफनो पार्टीले जित्छ भन्ने कसैले सपना देख्छ भने उसले सोम शर्मा र सातुको कथा सम्झदा हुन्छ भनेका छन् ।
डा बाबुराम भट्टराईको ट्वीटः भष्मासुरले अरू सबैलाई सिध्याउॅछ र म मात्रै सुरक्षित रहन्छु भन्ने कसैले ठान्छ भने पहिले उसले आफ्नो शीरोच्छेदन गर्नुपर्छ वा सुतुरमुर्गले झैं बालुवामुनी टाउको लुकाउनुपर्छ! अनि उसले चुनाव गराउॅछ र आफनो पार्टीले जित्छ भन्ने कसैले सपना देख्छ भने उसले सोम शर्मा र सातुको कथा सम्झदा हुन्छ !