आर्थिक

एनआईबीएल एस क्यापिटलद्वारा लगानी कोष सम्बन्धी विशेष तालिम सचांलन

२ बैसाख, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको र एनआई बीएल म्युचुअल फण्डको कोष व्यवस्थापक र डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड द्वारा नेपालमा के.फ.सी., पिजा हट र क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन सन्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल प्रा.लि कादरबारमार्ग, थापाथली(ब्लुबर्ड मल), लाबिममल, ठिमि, बौद्ध, महाराजगंज र पोखरा शाखाका कर्मचारीहरुलाई सामूहिक लगानी कोष सम्बन्धी विशेष सचेतना मुलक कार्यक्रम र तालिम सचांलन गरेको छ ।

सामूहिक लगानी कोष नियमावली २०६७ को कार्यान्वयनपश्चात नेपालकै पहिलो खुलामुखी योजना तथा अन्य दुृृृृई बन्दमुखी योजनासंचालन गरिरहेको यस क्यापिटल द्वारा सञ्चालित सो विशेष कार्यक्रममार्फत उक्त कम्पनिका कर्मचारीहरुले सामूहिक लगानीकोष सम्बन्धि विस्तृत जानकारी पाउनुका साथै पूंजीबजार संग सम्बन्धित अन्यविषयको समेत जानकारी प्राप्त गरेका छन् ।