सूचना प्रविधि

सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो नयाँवर्ष २०७८को नया एक्सचेन्ज योजना ‘नयाँवर्ष, एक्सचेन्जको हर्ष’

१ वैशाख, काठमाडौं । नेपालको सबैभन्दा भरपर्दो एवं विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले आफ्नो नयाँवर्षको योजनाअनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बारफोन अर्थात फिचर फोन नयाँफोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको छ ।

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’अभियानअन्तर्गत यस योजनामाग्राहकले हरेक महिना१२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँछन् । सामसङलको तर्फबाट ग्राहकले नयाँफोरजी चल्ने स्मार्टफोन पाउँछन् ।
नयाँवर्ष योजना‘नयाँवर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने सामसङको प्रतिवद्धता अनुरुप ल्याइएको हो । यससँगै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभवलिदै असीमित डिजिटल सम्भावनाहरुसँग आफुलाई जोड्न सक्छन् ।
एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँवर्ष २०७८को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसीथप्ने विश्वास सामसङले लिईएको छ । यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सीएम०१ कोर र ग्यालेक्सी एम०२ स्मार्टफोन लिन सक्छन् ।
ग्यालेक्सी एम०१ कोरमा १ जीबी र्यामर १६ जीबी स्टोरेज क्षमता रहेको छ ।ग्यालेक्सीएम०२ माग्राहकले आफ्नो आवश्यकताअनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमताभएको दुई सेट मध्ये कुनै एक लिन सक्छन् । ग्यालेक्सीएम०१ कोर र ग्यालेक्सीएम०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभवनभएकाग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन् ।

आफुसँग भएकोे कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिनदुई वटा आधारभुत शर्तहरु लागू हुनेछन् । पहिलो पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनु पर्दछ । दोस्रो, फोनको ब्याट्रि, स्क्रीनरफोनको बडीसहि अवस्थामा हुनुपर्दछ। यीदुई शर्तहरु पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्तमूल्यांकनगरिने छ र नयाँफोन किन्नका लागि ग्यारेन्टिड ८०० का साथ एक्स्चेन्ज प्रदानगरिनेछ ।
यो योजना२०७८ वैशाख १ देखि सीमित अवधिसम्मका लागि संचालनमा रहने कम्पनीले जनाएको छ ।