अन्तर्राष्ट्रिय

भारतमा नाघे कोरोना संक्रमित २ लाख, १० दिनमा दोब्बर

२ बैसाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतीय स्वास्थ्य तथा परिवार मन्न्त्रालयका अनुसार यो १० दिनको कोरोना संक्रमण रेकर्डमा दोब्बर र अहिलेसम्मकै सबैभन्दा बढी हो । आज महाराष्ट्र, उत्तर प्रदेश, मध्यप्रदेश, छत्तिसगढ, कर्नाटक, दिल्ली, पञ्जाब, जम्मु–कश्मीर, गुजरातलगायतका प्रदेश तथा राज्यमा कोरोना प्रभाव बढी छ । भारतमा कोरोनाका कारण १ हजार ३८ जनाको निधन भएको छ ।
नेपालसँग सीमा जोडिएका भारतीय राज्य उत्तर प्रदेश र बिहारमा बुधबार क्रमशः २० हजार ५ सय १० र ४ हजार ७ सय ८६ जनामा संक्रमण पुष्टि भएका कारण नेपालमा पनि थप जोखिम भएको छ।