गण्डकी प्रदेश

गण्डकी प्रदेशमा काँग्रेसका कृष्णचन्द्र नेपाली बन्लान त मुख्यमन्त्री ?

२ बैसाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुगंबिरुद्ध आज अबिश्वास प्रस्ताव गर्ने भएको छ । माओबादी केन्द्रसहितका दलले २५ प्रतिशत पुर्याएर अबिश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री गुरुगंको पद धरापमा पर्नेछ । माओबादी केन्द्रले काँग्रेसलाई मुख्यमन्त्रीमा समर्थन गर्ने बताईसकेको छ । राष्ट्रिय जनमोर्चा र राजपालेसमेत काँग्रेसलाई सघाएमा काँग्रेसका गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नयाँ मुख्यमन्त्री हुने सम्भावना बलियो देखिन्छ ।
नेकपा एमाले र माओबादी केन्द्र अदालतले ब्यूँत्याएपछि गण्डकी प्रदेशमा एमालेका गुरुगंको पद असुरक्षीत बन्दै गएको देखिन्छ । अन्तिम नभईकन केन्द्र सरकारकोबलियो समर्थन रहेका गुरुगं बहिरिन्छन् नै भन्न सकिने अवस्था भने देखिन्न ।