राजनीति

राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाउने संकल्प पुरा गर्नु नै सुर्यबहादुर थापाप्रतिको सच्चा श्रद्धांजलीः अध्यक्ष थापा

२ बैसाख, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले राप्रपाका संस्थापक अध्यक्ष, पुर्वप्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व सूर्यबहादुर थापालाई निधन भएको पाचौं बर्षमा सम्झिएका छन् । उनले ट्वीटमा स्व. थापालाई सम्झिदै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने संकल्प पुरा गरौं, त्यही नै स्व.थापाप्रति सच्चा श्रद्धांजली हुनेछ भनेका छन् ।

अध्यक्ष थापाको ट्वीटः राप्रपाका संस्थापक अध्यक्ष, पुर्वप्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व सूर्यबहादुर थापाको निधनभएको आज ५ बर्ष पुरा भयो।स्व.थापामा सादर श्रद्धांजली।
राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने संकल्प पुरा गरौं,त्यही नै स्व.थापाप्रति सच्चा श्रद्धांजली हुनेछ