मनोरञ्जन

निमा तामाङको हेर्देउन मायाले सार्वजनिक (भिडियो)

३१ चैत्र, काठमाडौँ । गायक तथा समाजसेवी निमा तामाङले आफ्नो बिल्कुलै नयाँ गीत हेर्देउन मायालेुको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको यस गीतमा भद्रकला आङबुहाङ राईको शब्द रहेको छ। बादल लिम्बुले यस गीतलाई संगीतवद्द गरेका हुन्।

युवा युवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा विल्सन विक्रम राई (तक्मे बुडा), रजनी गुरुङ , निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको अभिनय देख्न सकिन्छ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोमा विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ। किरण राईको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो। तक्मेबुडा डट कम मार्फत भिडियो सार्वजनिक गरिएको हो।

हाल अमेरिकाको रोचेस्टरमा रहेका गायक तामाङ गायन , कार्यक्रम आयोजना र समाजसेवामा सक्रिय छन् । हालै ताप्लेजुङ दोभान बजारमा भएको आगलागी पिडितलाई उनले सहयोग गरेका थिए। यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्।

गितको भिडियोः