खेलकुद

माइ सेकेण्ड टिचर बन्यो पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक

३१ चैत्र, काठमाडौं । आइएनजी समुह अन्तर्गतको इनोभेटटेक कम्पनीले प्रयोगमा ल्याएको इन्टरनेटल र्निङ्ग मोबाइल एप्लिकेशनमा इसेकेण्ड टिचर राष्ट्रिय क्रिकेट टोलीको जर्सी स्पोन्सरको रुपमा भित्रिएको छ ।

नेपालले मार्च २०२२ सम्म खेल्ने ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय र एक दिवसीय अन्तर्राष्ट्रियहरुका लागि माइ सेकेण्ड टिचरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल कोक्लोदिङ्ग रेगुलेसन अनुसार नेपाल क्रिकेट संघ सोमबार सम्झौता गरेको हो ।

सम्झौता अनुसार राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा उपलब्ध सबैस्थानहरुमा माइ सेकेण्ड टिचरले प्रमुख स्थान लिने छ भने आइएनजीग्रुप र इस्लिङ्गटन कलेजको पनि लोगो प्रयोग गर्ने छ ।

नेपाली क्रिकेट टोलीको जर्सीको बित्तीय अधिकार प्रदान गरेको एड प्याडमार्फत माइ सेकेण्ड टिचर भित्रिएको हो । क्यानले एड प्याडसँग जनवरी २, २०२१ मासम्झौता गरेको थियो ।

नेपालको शैक्षिक क्षेत्रमा क्रान्ति ल्याउनकालागि कार्यरत इनोभेटटेकसँग सहकार्य गर्न पाउदा हामी निकै हर्षित छौं, सम्झौता हस्ताक्षर कार्यक्रममा अनुपस्थित रहेका नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एक प्रेस बिज्ञप्ति मार्फत भनेका छन् । यो साझेदारी नेपालको ग्रामिण क्षेत्रसम्म शिक्षाको महत्वको बिषयमा प्रबद्र्धन गर्न मद्दत पुर्याउनेछ ।

राष्ट्रिय क्रिकेट टोलीसँग आबद्ध हुन पाएकोमा हामी क्यानर एड प्याड प्रतिकृतज्ञ छौं । यो साझेदारीपछि खेलकुदको माध्यमबाट हामी हाम्रो एप्लिकेशन मात्र नभएर शिक्षालाई नै प्रबद्र्धन गर्न सक्ने छौं ।

माइ सेकेण्ड टिचर नेपालकै पहिलो लर्निङ्ग एप्लिकेशन हो र सबै तहका बिद्यार्थीहरु समक्ष पुग्न हामीलाईयो सहकार्यले मद्दत गर्नेछ, माइसकेण्डटिचरकाको-फाउण्डर र आइएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले भने ।

एड प्याड तथा एएनएस ग्रुपका अध्यक्ष सुदिप थापाले आफ्नो कम्पनीले नवीन शैलिको साझेदारी मार्फत व्यापारलाई खेलकुदसँग जोड्ने सिद्धान्त अनुरुप नै इनोभेटटेक नेपाली क्रिकेटमा भित्र्याएको बताए ।