खेलकुद

आइपीएलमा पञ्जाब किङ्स विजयी

३१ चैत्र, एजेन्सी । आइपीएलमा पञ्जाब किङ्स विजयी भएको छ । मुम्बईमा सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४ रनले हराउँदै पन्जाबले सुखद सुरुवात गरेको हो ।

पन्जाबले दिएको २ सय २२ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रनमात्र बनाउन सक्यो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले १ सय १९ रनको शतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन्। विस्फोटक ब्याटिङ गरेका सन्जुले ६३ बलमा १२ चौका र ७ छक्का प्रहार गरेका थिए ।

सन्जु आइपीएल इतिहासमा डेब्यु कप्तानीमा शतक बनाउने पहिलो खेलाडी हुन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो ।