सामाजिक सञ्जाल

सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेश’ को ब्यानर प्रधानमन्त्री किन मौन? रावलको प्रश्न

३० चैत, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले हालै सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेश’ को ब्यानर–झण्डा राखिएको प्रति प्रमं केपी किन मौन? भन्दै कडा आक्रोशसहित प्रश्न सोधेका छन् ।
उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै सीके राउतसंगको सम्झौतामा दुई देश बीच जस्तो भाषा प्रयोग र सभागृहमा महान व्यक्तित्व झैं किन प्रस्तुत गरियो भनी मैले कुरा उठाएको थिएँ।जवाफमा ‘स्वतन्त्र मधेश’को नारा छोडेको भनिएको थियो भन्दै उक्त प्रश्न सोधेका हुन् ।
रावलको ट्वीटः सीके राउतसंगको सम्झौतामा दुई देश बीच जस्तो भाषा प्रयोग र सभागृहमा महान व्यक्तित्व झैं किन प्रस्तुत गरियो भनी मैले कुरा उठाएको थिएँ।जवाफमा ‘स्वतन्त्र मधेश’को नारा छोडेको भनिएको थियो।तर हालै सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेश’ को ब्यानर–झण्डा राखिएको प्रति प्रमं केपी किन मौन?