शिक्षा

सरोकारवालाको सरकारलाई सुझावः तत्काल विद्यालय बन्द नगरौं

३० चैत्र, काठमाडौं । निजी स्कुल सञ्चालकहरुले कोरोनाको त्रास देखाएर अहिले विद्यालय बन्द गर्नुनपर्ने अडान राखेका छन् ।

शिक्षा मन्त्रालयले गरेको छलफलमा उपस्थित भएका प्रतिनिधिहरुले यस्तो धारणा राखेका हुन् ।

शिक्षा मन्त्रालयले अहिले बिहान छलफलका लागि प्याब्सन, ऐन प्याब्सन, अभिभावक संघ, स्थानीय तहका प्रतिनिधिलाई बोलाएको थियो । सबैजसोले अहिले विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको बताएका थिए ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले अहिले कोरोना देखाएर तर्साइएको भन्दै अवस्था हेरेर बन्द गर्न सकिने विषयमा छलफल भएको बताए ।

तर बन्द नै गर्नुपरेमा कक्षा पाँचसम्म मात्रै बन्द गर्ने उनीहरुको धारणा थियो । स्वास्थ्य मन्त्रालयले भने ठूला सहरमा रहेका विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालनका लागि सिफारिस गरेको थियो ।